तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीको सङ्गठन बिस्तारमा ध्यान दिन सभापति देउवाको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सङ्गठन बिस्तारमा ध्यान दिन निर्देशन दिनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आज एक महिने विशेष अभियानको शुभारम्भ गर्नुहुँदै सभापति देउवाले पार्टीको सङ्गठन बिस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरूलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिनुभयो ।

सभापति देउवाले पार्टीले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापतिबारे उठाइएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गर्नुभयो ।

उहाँले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button