तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसका अवसरमा काठमाडौँको म्हय्पिमा रक्तदान र निःशुल्क दन्त शिविर

काठमाडौँ । संविधान दिवसको अवसरमा पतञ्जलि योग युवा नेपाल समिति र लायन्स क्लब अफ काठमाडौँ बासुकीद्वारा आज रक्तदान तथा दन्त शिविरको आयोजना गरिएको छ ।

काठमाडौँको म्हय्पिस्थित अजिमा मन्दिर परिसरमा ग्राण्डि हस्पिटल ब्लड बैङ्कको प्राविधिक सहयोगमा रक्तदान र स्माईल अप डेण्टल क्लिनिकको सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको पतञ्जलि युवा नेपाल समिति वाग्मती प्रदेश संयोजक कुमार मान श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा ५१ जनाले रक्तदान र ४५ जनाले दन्त परिक्षण गर्नुभएको राष्ट्रिय योग प्रशिक्षक रविना बकेले बताउनुभयो ।

पतञ्जलि योग समितिका राष्ट्रिय प्रशिक्षक अजिता बस्ताकोटी, रविना बके र नमराज खत्रीले स्वस्थ जीवनशैली र आहार विहारका विषयमा शिविरमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।

लायन्स क्लब अफ काठमाडौँ बासुकीका अध्यक्ष कृष्ण प्रसाद चौलागाइले हरेक तीन महिनामा व्यक्तिले रक्तदान गर्नसक्ने भएकाले खेर जाने रगतलाई अर्काको जीवनदानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button