तपाईँ सुन्दै हुनुहुन्छः

नारायण क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ ।

शुक्रबार भएको निर्वाचनको आज सार्वजनिक परिणाम अनुसार अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।

नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठबन्धनलाई हराउँदै अनेरास्ववियुले स्ववियमा वर्चस्व कायम राख्न सफल भएको छ ।

यस्तै सचिवमा अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहित समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गर्नुभयो ।

कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गर्नुभयो । सदस्यतर्फ पनि अनेरास्ववियुका पूर्णिमा रानामगर, पुष्पकमल अधिकारी तुल्सी थापा र पवित्राकुमारी थापामगर विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button