तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाहारमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्र्याक्टर भीरबाट खस्दा त्यसमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । 

ट्र्याक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त ट्याक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button