तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसमा पहिलो पटक १० किलोमिटर रात्रि दौड प्रतियोगिता गरिँदै

नेपालगञ्ज । आज संविधान दिवस, नेपालगञ्जमा १० किलोमिटर रात्रि दौड प्रतियोगिता आयोजना गरिएको छ ।

धारा नेपालगञ्ज म्याराथनको १०औँ संस्करणलाई उत्सवमय बनाउन संविधान दिवसको दिन पारेर ‘दशौंमा दश इभेन्ट’ को सुरुवात आज राती हुने रात्रि दौडबाट गरिँदै छ ।

पहिलो पटक आयोजना हुन लागेको हुँदा रात्रि दौडमा व्यावसायिक र कम्तीमा ५ किलोमिटर दौडको अनुभव भएका धावकलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष, महिला र भेट्रानतर्फ प्रतिस्पर्धा गराइनेछ। १० किमी रात्रि दौडसँगै अन्यलाई फन रनका रुपमा सहभागी गराइनेछ ।

प्रतियोगितामा पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गर्ने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।

भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button