तपाईँ सुन्दै हुनुहुन्छः

निजी क्षेत्रको सहयात्री बन्न प्रदेश सरकार तयार छ:  मुख्यमन्त्री लामा 

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकार निजी क्षेत्रको सहयात्री बन्न तयार रहेको बताउनु भएको छ। बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभाको बुधबार हेटौंडामा उद्घाटन गर्नुहुँदै उहाँले सरकार उद्योगी व्यवसायीको सहयात्री बनेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । 

मुख्यमन्त्री लामाले सरकार र निजी क्षेत्र देशको अर्थतन्त्रको दुई मुल आधार भएकाले एकताबद्ध रुपमा सहयात्रा गर्न सरकार तयार रहेको बताउनुभयो । निजी क्षेत्र र सरकार प्रतिस्पर्धी रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको उहाँको भनाई थियो ।  

उहाँले उद्योगको अधिकार प्रदेश सरकारलाई नभएपनि यहाँ उद्योगहरू चल्ने वातावरण तयार गर्नका आफु तयार रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेशमा उद्योगहरू भित्र्याउन साथै उद्योगमैत्री वातावरण निर्माण गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै उद्योगधन्दा सञ्चालन विना रोजगारीको सृजना साथै समृद्धि प्राप्त गर्न नसकिने हुँदा उद्योगधन्दा स्थापना तथा सञ्चालनमा सरकारले सधैँ सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, प्रशासन तथा भूमि मन्त्री सुकुमायाँ तामाङले स्वदेशी उद्योगहरूले उत्पादन गरेका सामान सरकार र नागरिकले प्रयोग नगरेको भन्दै गुनासो गर्नुभयो । उद्योगहरूले महिलाहरूलाई स्वरोजगार बनाउन ठुलो मद्दत गरेको उहाँको भनाई थियो । कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्र राज पाण्डे, बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गङ्गादत्त नेपाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button