तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टा नाकाबाट एक अर्बभन्दा बढीको छुर्पी निर्यात

भद्रपुर(झापा) । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०े/०८१ मा एक अर्ब ४३ करोड ८२ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ७ लाख ६३ हजार ५०६ केजी छुर्पी निर्यात भएको छ ।

अघिल्लो वर्षको तुलनामा आ ब ०८०/०८१ मा छुर्पीको निर्यात बढेको मेची भन्सार कार्यालयका भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा छुर्पीको निर्यात २९.७९ प्रतिशतले बढेको छ ।

आ. व. ०७९/०८० मा एक अर्ब १० करोड ८१ लाख एक हजार रुपैयाँ मूल्य बराबरको छुर्पी निर्यात भएको थियो । सो अवधिमा पाँच लाख ८७ हजार ९२० किलो छुर्पी निर्यात भएको कार्यालयले जनाएको छ ।

पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनि बढ्न थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वका फिनल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ । नेपाली छुर्पीको मुख्य आयातकर्ता अमेरिका र क्यानडा रहेका छन् । 

पूर्वी नाकाबाट अन्य कृषि वस्तुको निर्यात घटिरहेको बेला छुर्पीको निर्यात भने बढिरहेको मेच भन्सारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button