तपाईँ सुन्दै हुनुहुन्छः

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनकालागि प्रधानमन्त्रीसमक्ष ज्ञापन 

सप्तरी । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि कानुन जटिलता हटाई पढाइ सञ्चालनमा ल्याउने गरी प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी एमालेको पोलिटब्युरो सदस्य कमरेड सुमन प्याकुरेलको नेतृत्वमा प्रतिष्ठानको अध्यक्ष पशुपति चौधरी, जिल्लाका सर्वदलीय पार्टीका नेता र पत्रकार लगायतको व्यक्तिहरूको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढाइ सञ्चालनका लागि कानुन लगायतको जटिलता हटाउने विषयलाई प्रधानमन्त्री ओलीले यी सबै कानुनी जटिलताको साथ साथै प्रतिष्ठान  सञ्चालनको लागि शिक्षा मन्त्रालय समेत सँग समन्वय र सहकार्य गरी छिट्टै नै सञ्चालन गराउने गरी आवश्यक बजेट समेत व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो।

एमालेका सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरी, सप्तरी निर्वाचन क्षेत्र नम्बर-३का सांसद दिनेश कुमार यादव, राष्ट्रीय सभा सदस्य शेखर कुमार सिंह, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जयकान्त राउत, जसपाको केन्द्रीय सदस्य भिमराज यादव, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश कुमार यादव,  पत्रकार कृष्ण मण्डल, गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेसु नागेन्द्र यादव, जसपा नेता दिनेश कुमार यादव, केदार यादव लगायत ३ दर्जनभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button