तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बु गाउँपालिका मातहतका कार्यालयमा प्लास्टिकजन्य पदार्थ निषेध

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु गाउँपालिकामा प्लास्टिकजन्य पदार्थ निषेध गरिएको छ । तामाका भाँडाहरू प्रयोग गर्ने भन्दै प्लास्टिकका सामग्री निषेध गरिएको हो ।

गाउँपालिका आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा तामाका भाँडाहरू प्रयोग गर्ने र प्लास्टिकजन्य पदार्थलाई निषेध गर्ने उल्लेख गरिएकाले कार्यान्वयनका लागि सम्पूर्ण शाखाहरू, विद्यालयहरू, वडा कार्यालयहरू र स्वास्थ्य चौकीहरूमा अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाले सूचना जारी गर्दै प्लाष्टिकको सामाग्री निषेध निर्णय कार्यान्वयन गर्दा प्रयोग गरिएका प्लास्टिकजन्य पदार्थहरू निश्चित स्थानमा मात्र विसर्जन गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । गाउँपालिका र मातहतका कार्यालयमा स्वच्छ र मनमोहक वातावरण कायम गर्ने, जैविक वस्तहरुको मात्र प्रयोग गर्न प्रोत्साहन गर्ने, पर्यटन प्रवर्द्धन, वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले प्लाष्टिक निषेध गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button