तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक सुरु

उदयपुर (गाईघाट) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य र कोशी प्रदेश पार्टी पदाधिकारीको परामर्श बैठक सुरु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ रामपुरमा एक दिने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक सुरु भएको हो ।
आजको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सुरु भएको माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले बताउनुभयो । बैठकमा पार्टीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि उपस्थित हुनुहुन्छ ।
पार्टीको एक दिने परामर्श बैठकमा सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश राईले जानकारी दिनुभयो । प्रदेशका पार्टी पदाधिकारीसहित पार्टीभित्र रहेका भ्रम चिर्न र पार्टी कार्यकर्तालाई गोलबन्द बनाउन बैठकले जोड दिने नेता गजुरेलले बताउनुभयो । बैठक आज साँझ सम्पन्न हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button