तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सीमित स्रोतसाधनका बाबजुद पनि जनपक्षिय काम गर्दै आएको छ: मन्त्री यादव

बीरगंज । खानेपानी मन्त्री प्रदिप यादवले पारदर्शिता, जबाफदेही र जनउत्तरदायीपूर्ण भएर सरकारले सीमित स्रोतसाधनका बाबजुदपनि जनपक्षिय कामहरू गर्दै आएको दाबी गर्नुभएको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा आज जसपा क्षेत्रिय समितिद्वारा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सहज सेवा प्रदान गर्नु रहेको बताउनुभयो ।
जसपाका सहमहामन्त्री समेत रहनु भएका मन्त्री यादवले जनताको सेवामा निरन्तर क्रियाशील रहँदै वीरगन्जको समृद्धि र विकासलाई अगाडी बढाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले यसक्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मधेसमा स्वास्थ्य,शिक्षा, विकाश निर्माण,कृषि पर्यटन उद्योगको समग्र विकासका लागि सरकारले ठोस कार्ययोजना बनाइरहेको समेत खुलासा गर्नुभयो ।
पार्टीका सहमहामन्त्री यादवले उपेन्द्र नेतृत्वको जसपा नेपालले मधेस र मधेसी जनतालाई धोका दिएपछि सो पार्टीबाट बहुमत सदस्यहरु अलग्गिएर जनता समाजबादी पार्टी स्थापना गरिएको बताउनुभयो । उहाँले जसपाको साझा अभियानलाई जनताको घरदैलो सम्म पु¥याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूहरू जुटेको बताउनुभयो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जको नगवा लगायतका क्षेत्रमा सुख्खायाममा खानेपानीको समस्या देखिएको हुँदा मन्त्री यादवकै निर्वाचन क्षेत्र भित्र पर्ने यस इलाकामा अब खानेपानीको समस्या समाधान हुने बताउनुभयो ।
उहाँले वैभव वीरगन्ज बनाउने अभियानमा सरकारबाट हुने सबैकिसीमका सहयोगको अपेक्षा महानगरले गरेको बताउँदै आर्थिक तथा औद्योगिक नगरी वीरगन्जलाई राजश्व उठाउने थलो मात्र नबनाउन नेपाल सरकारलाई आग्रह गर्नुभयो ।
जसपा वीरगञ्ज महानगर समितिका सचिव फरिद आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सदस्य लालदेव यादव, अरुण यादव, श्यामसुन्दर चौरसिया , माजिद मियाँ, मुस्तफा आलम, कलिम मियाँ प्रभु चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button