तपाईँ सुन्दै हुनुहुन्छः

असोज पहिलो साता काठमाडौँमा अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुने

काठमाडौँ । काठमाडौँमा असोजको पहिलो साता अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुन लागेको हो ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने दुई दिने सम्मेलनमा नेपालसहित भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, नेदरल्यान्ड, डेनमार्क लगायतका देशबाट २५ भन्दा बढी विदेशी सर्जकको सहभागिता रहनेछ ।
यस्तै सम्मेलनमा बाल साहित्यका विभिन्न आयामलाई समेटेर स्वदेशी तथा विदेशी गरी दुई दर्जन जति कार्यपत्र प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button