तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा चार दिवसीय गणेश उत्सव शुरु  

जनकपुरधाम । जनकपुरधाममा गणेश चतुर्थी महोत्सव शुरु भएको छ । राम चोकमा रहेको गणेश मन्दिरलाई विशेष रुपमा सजाउने काम भएको छ ।
गणेश युवा कमिटीको आयोजनामा चार दिनसम्म गणेश उत्सव मनाइने छ । सो अवसरमा विशेष पूजापाठ र आरतीका साथै विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको आयोजकले जनाएको छ । यसै गरि जनकपुरधामको ज्ञानकूप एरियामा गणेश पूजा समितिद्वारा विशेष पूजाको आयोजना गरिएको छ ।
प्रत्येक वर्ष झैँ यस वर्ष भव्य रुपमा गणेश मूर्तिको स्थापना गरेर चार दिवसीय मेलाको आयोजना गरिएको छ । आकर्षक पण्डालको निर्माण गरेर सो क्षेत्रमा विगत केही वर्षदेखि भव्य रुपमा मेलासहित गणेश उत्सव मनाउने चलन रहेको छ ।
हिन्दू धर्मशास्त्र अनुसार भाद्र शुक्लपक्ष चतुर्थी तिथिका दिन भगवान् गणेशको भगवान् शिव तथा माता पार्वतीको कान्छो पुत्रको रुपमा जन्म भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा गणेश उत्सव पर्व मनाउने गरिएको छ । हिन्दुहरूले कुनै पनि शुभ कार्य गर्दा पहिलो पूजा गणेशलाई नै गर्ने शास्त्रीय मान्यता रहिआएको छ । भगवान् गणेश विघ्न हर्ताको रुपमा लिइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button