तपाईँ सुन्दै हुनुहुन्छः

दुग्ध उत्पादकलाई प्रोत्साहन अनुदान निरन्तरता : मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षित गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभएको छ ।
शनिबार अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरूको मागको आधारमा दूधमा दिइँदै आएको प्रोत्साहन अनुदानको रकम बढाइने प्रतिबद्धता जनाउनुभयो।
मुख्यमन्त्रीले किसानलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाइएको बताउँदै दूध, माछा, मासु, अण्डा, ह्याचरी तथा नर्सरीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण हुँदै आएको उल्लेख गर्नुभयो। दूधमा प्रति लिटर दुई रुपैयाँ, जिउँदो खसी, बोका, भेडामा प्रति किलो २५ रुपैयाँ, र अन्य जनावर तथा अण्डा उत्पादनमा पनि अनुदानको व्यवस्था गरिएको छ।
मुख्यमन्त्री आचार्यले सुन्तलाको सुरक्षित भण्डारणका लागि प्रदेश सरकारले योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पुरक बजेट नल्याउने र बजेटमा कुनै रकमान्तर नगर्ने स्पष्ट पार्दै, पाणिनी गाउँपालिकामा आगामी वर्षका लागि उच्च प्राथमिकतामा कार्यक्रम राखिने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button