तपाईँ सुन्दै हुनुहुन्छः

झापामा पहिलो पटक एमबीबीएस पढाई हुने

झापा । झापामा पहिलो पटक बिएण्डसी मेडिकल कलेजमा एमबीबीएस पढाई हुने भएको छ । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको पछि पठनपाठनको सुनिश्चितता भएको हो ।
आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । बिएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार एमबिबिएसको पठनपाठन यसै शैक्षिक सत्रबाट सुरु हुने छ । पहिलो चरणमा ५० सिट पाएको विएण्डसीको क्षमता ३०० सिटसम्मको रहेको छ ।
बिएन्डसीले लामो समयपछि एमबिबिएसमा सिट पाएको हो । कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो । कलेजले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button