तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री लेखकसँग विश्व बैंकका पदाधिकारीको भेट

काठमाडौँ । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो ।
गृहमन्त्री लेखकले विसं २०७२ को भूकम्पपछिको पुनः निर्माणमा विश्व बैङ्कको ऋण तथा प्राविधिक सहयोगले पुनः निर्माणमा सहयोग पुगेको बताउनुभएको थियो । विश्व बैंकले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्व कार्य गर्नु बाँकी रहेको विषयमा सिस्लेनले चासो राख्नुभएको थियो ।
“ऋणको अन्तिम किस्ता लिनु पूर्व गर्नुपर्ने पूर्व कार्य बाँकी छ । विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ । विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने उल्लेख गर्दै विश्व बैंकले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो ।
“जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन । त्यसबाट भएको क्षति, नोक्सानी, पुनःनिर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थापन गर्न सक्छौँ रु त्यसैले अनुदानका परियोजनाहरू बढाउनु पर्‍यो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button