तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर बालकको मृत्यु

बैतडी । बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको सिगास–९ बाजपानीका दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको करेण्ट लागेर मृत्यु भएको हो ।
मध्याह्न १२ बजे स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बोहराले समातेको लट्ठी जमिन नजिकैबाट तानिएको विद्युतको तारमा छुँदा करेन्ट लागेर बोहराको मृत्यु भएको स्थानीय डबल बोहराले जानकारी दिनुभयो ।
भुईँ नजिकैबाट लापरबाही तवरले तार तानिएको स्थानीयबासीले बताएका छन् । विद्युत् प्राधिकरणको लापरबाहीबाट यो घटना भएको स्थानीयबासीको आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button