तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका धार्मिकस्थलमा तीजका व्रतालुहरूको भिड

जनकपुरधाम । जनकपुरधाममा हरितालिका तीज मनाउने महिलाहरूको सङ्ख्या वर्षैपिच्छे बढी रहेको छ । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको मठ मन्दिर तथा तलाउँहरुमा तीज व्रत बसेर तीजको कथा सुन्नेहरूको बिहान देखि अत्यधिक भिड देखिएको छ ।
जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर पोखरीमा तीजको व्रत बसेर कथा सुन्ने महिलाहरूको अत्यधिक भिड देखिएको छ । खास गरेर विवाहित महिलाहरूले ठूलो सङ्ख्यामा तीजको व्रत गर्ने चलन रहेको छ ।
आजको दिन उपवास बसेर तीजको व्रत बसेको खण्डमा पतिको दीर्घायु हुने धार्मिक मान्यता रहेको छ । सातो साडी सहित शौभाग्य सूचक गरगहनाहरू लगाएर जनकपुरधामको शिव चौधमा रहेको शिव मन्दिर सहित अन्य मंन्दिरहरुमा तीज सम्बन्धि कथा सुनेका छन् ।
मिथिलामा कुमारी कन्याले नगन्य रुपमा तीजको व्रत बस्ने गरेका छन् । निक्कै कठोर व्रतको रुपमा तीजलाई लिने गरेको छ । यसै गरि जनकपुरधाममा रहेका पहाडी समुदायका महिलाहरूले नाच गान गरेर तीज मनाइरहेका छन् ।
मधेश प्रदेशका सधवा महिलाहरूको पतिको दीर्घायु तथा परिवार जनको कल्याण, सुख, शान्ति र समृद्धिको कामना सहित तीजको व्रत बस्ने गरेका छन् ।  यसै बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले हरितालिका तीज तथा मिथिलाको प्रमुख पर्व चौरचनको हार्दिक शुभकामना प्रदेश बासीलाई दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button