तपाईँ सुन्दै हुनुहुन्छः

तीजले सामाजिक एकता र सद्भाव बढाउन टेवा पुर्‍याएको छ: प्रदेश प्रमुख मियाँ

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले सामाजिक एकता र सद्भाव बढाउन टेवा पुर्‍याएको बताउनु भएको छ ।
आज हरितालिका तीज पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नु हुँदै उहाँले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको हरितालिका तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन तथा विकासमा टेवा पुर्‍याएका बताउनु भयो । तीजले समाजमा भातृत्व ,सदाचार, एकता, सद्भाव, कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उहाँले विश्वास ब्यक्त गर्नु भयो ।
प्रदेश प्रमुख मियाँले देशका हरेक क्षेत्रमा महिलाहरूको समान सहभागिता (पहुँच) लाई अझ सशक्त रूपमा अघि बढाउन जोड दिनु हुँदै तीजले पारिवारिक प्रेम, स्नेह, आत्मीयता अभिवृद्धि गर्ने शुभेच्छा प्रकट गर्नु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button