तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ घोषणा पत्र जारी गर्दै फेम्बोसाको १२ सम्मेलन सम्पन्न

काठमाडौँ । दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरूको साझा मञ्च फेम्बोसाको बाह्रौँ सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै आज सकिएको छ ।

काठमाडौँ घोषणापत्रमा फेम्बोसा अन्तर्गतका निर्वाचन व्यवस्थापन निकायहरूको संस्थागत र मानवीय क्षमतालाई सुदृढ गर्न एकसाथ काम गर्ने, एक अर्काको ज्ञान, सान्दर्भिक अध्ययन प्रतिवेदनहरू र अनुसन्धान प्रकाशनहरू अनलाइन प्लेटफर्महरू मार्फत साझा गरेर सदस्य निकायहरूबीच पारस्परिक सहयोग र सिकाइलाई थप प्रवर्द्धन गर्न प्रतिबद्धता जनाइएको छ ।

त्यसैगरी जलवायु परिवर्तनले अर्थतन्त्र, जनस्वास्थ्य र जीविकोपार्जन लगायत निर्वाचन प्रक्रियाहरूमा प्रतिकूल असर पर्ने गरेको हुनाले मितव्ययी र वातावरणमैत्री निर्वाचन व्यवस्थापन प्रविधि र अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।

बाह्रौँ सम्मेलनले नेपाललाई फेम्बोसाको नयाँ अध्यक्षमा चयन गरेको छ ।

निर्वाचन आयोगले आयोजना गरेको सम्मेलनमा फेम्बोसा सदस्य राष्ट्रहरू मध्ये नेपाल, भारत, भुटान, श्रीलङ्का र माल्दिभ्सका निर्वाचन आयोगका प्रमुख तथा उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button