तपाईँ सुन्दै हुनुहुन्छः

ओलम्पिकमा कांस्य पदक विजेता गोबर्धनलाई सरकारले कर कट्टा नगरी ६५ लाख पुरस्कार दिने

काठमाडौँ । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सरकारले कर कट्टा नगरी ६५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकममा कुनै कर नकाटिने घोषणा गर्नुभयो । पेरिस पारा ओलम्पिकमा के–४४ अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कांस्य पदक जितेकी थिइन् । उनी ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी  हुन् ।
गत शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button