तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकार सुशासनमा प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकार सुशासनमा प्रतिबद्ध रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकार खर्च कटौती र सुशासन कायममा कठोर बन्दै योजनाबद्ध विकास र प्राथमिकताका आधारमा बजेट निर्माण तथा परिचालनमा पहल गरेको बताउनुभयो ।
सुशासन कायम गर्न आफु प्रतिबद्ध रहेको बताउँदै पूर्व विशिष्टहरूको सेवा सुविधा कटौती र मन्त्रिहरूँ जिल्ला बाहिर जाँदा हुने खर्च कटौतीको निर्णय यसको सुरुवाती भएको जानकारी गराउनुभयो । उहाँले अब उत्पादनमा आधारित रहेर मात्रै सरकारले लगानी बढाउने प्रतिबद्धता जनाउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा आवधिक योजना र योजना बैङ्कमा समावेश योजनाहरूलाई वार्षिक योजनको रुपमा छान्ने प्रक्रियाको थालनी गर्ने गरी कामको थालनी गरिएको स्पष्ट पार्नुभयो ।
प्रदेश तथा मातहतका निकायबाट हुने विकासका काम गर्दा खुल्ला प्रतिस्पर्धा बाट हुनेगरी गर्न गराउन परिपत्र भइसकेको भन्दै उपभोक्ता समितिबाट हुने कामको अन्त्य गर्ने पक्षमा आफु रहेको जानकारी गराउनुभयो ।
मुख्यमन्त्री भएपश्चात् पहिलोपल्ट जिल्ला आउनुभएका आचार्यले जिल्लाको विकासमा पर्याप्त ध्यान पुर्याएको प्रति स्मरण गराउँदै प्रदेशबाट हुने विकास कार्यमा कुनै कमी नहुने बताउनुभयो ।
यसअघि आफु अर्थमन्त्री हुँदा नै शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार, तथा पर्यटन विकासमा  पर्याप्त बजेटको व्यवस्था गरेको भन्दै उहाँले बजेटको सदुपयोग हुनेगरी काम गर्नेतर्फ लाग्न जिल्लावासी लाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button