तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी सम्बन्धी नयाँ कानुन बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको छ: गृहमन्त्री 

  धनगढी । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ ।
धनगढीमा आज नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प भवनको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले नेपाल प्रहरीको नयाँ कानुन बनाउनका लागि गृह मन्त्रालयले निर्णय गरि सहमतिका लागी अर्थ मन्त्रालयमा पठाई सकिएको बताउनु भयो ।
उहाँले सशस्त्र प्रहरी बल सम्बन्धि नयाँ कानुन निर्माणका लागि गृह मन्त्रालयबाट निर्णय भई सहमतिका लागी केही दिनमै सम्बन्धित मन्त्रालयमा पठाउने तयारी भइरहेको बताउनु भयो ।
गृहमन्त्री लेखकले नयाँ कानुनले प्रहरी सङ्गठनलाई गतिशिल, व्यावसायिक, जिम्मेवारसँगै संविधान र कानुन प्रति बफादार बनाउदै शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यका लागि उत्प्रेरणा प्रदान गर्ने बताउनु भयो । उहाँले प्रहरी सम्बन्धी कानुनलाई चाडै संघीय संसदमा पेश गर्ने तयारीमा लागिपरेको उल्लेख गर्नुहुँदै नयाँ कानुनमा प्रहरीको ३० बर्से सेवा अवधिलाई पुनर्विचार गर्ने विषय प्रस्ताव गरिएको बताउनु भयो ।
गृहमन्त्री लेखकले निर्वाचन सम्बन्धी कानुन लगायत सम्बन्धित कानुनलाई एकीकृत कानुन बनाउने गरि काम अघि बढी रहेको बताउनु भयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त कुँवर, सुरक्षा अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button