तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्गमा वन्यजन्तु मैत्री संरचना  बनाउनुपर्नेमा जोड

बाँके । बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिहरूले राजमार्ग र अन्य संरचना वन्यजन्तुमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ। वन्यजन्तु, वातावरण र जलवायु अनुकूलता बिना गरिएको पूर्वाधार विकास दिगो नहुने बताउँदै उहाँहरूले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायतका संरचनाको निर्माण गर्दा वातावरण संरक्षणलाई ध्यान दिनुपर्ने माग राख्नुभएको छ।
बाँकेको कोहलपुरमा मङ्गलवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले वन्यजन्तुको संरक्षण मानवको कर्तव्य भएको बताउँदै वन्यजन्तुमैत्री पूर्वाधारको आवश्यकतामा जोड दिनुभयो। उहाँले सबैको अस्तित्वलाई स्वीकारेर मात्रै दिगो विकास सम्भव हुने बताउनुभयो।
बर्दिया र बाँके राष्ट्रिय निकुञ्जका प्रमुखहरूले जथाभाबी रुपमा निर्माण भएका सडक संरचनाले मानव–वन्यजन्तु द्वन्द्व बढाइरहेको भन्दै वन्यजन्तु निर्बाध आवतजावत गर्न सक्ने संरचना निर्माणको खाँचो औँल्याउनुभयो। संरचना निर्माणले सामाजिक, आर्थिक, र वातावरणीय प्रभाव पार्ने भएकाले दीर्घकालीन सोचसहितको विकासमा जोड दिनुपर्ने उहाँहरूको धारणा थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button