तपाईँ सुन्दै हुनुहुन्छः

 आमा र छोरा मृत भेटिए 

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर १० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् ।

बिहीबार बिहान कटारी नगरपालिका वडा १० सोरुङ्गछविसेमा अन्दाजी ४० वर्षीय निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईँले जानकारी दिनु भयो । आफ्नै घर भित्र रगतले लतपतिएको अवस्थामा लास भेटिएको कटारी नगरपालिका कार्यपालिका सदस्य गीता गिरीले जानकारी दिनु भयो ।
बालकको घाटीमा धारिलो हतियारले काटेको जस्तो देखिएको छ भने महिलाको लास घोप्टिएको अवस्थामा रहेको गिरीले बताउनुभयो ।  एकै परिवारका आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि स्थानीय गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल विकट क्षेत्रमा रहेकाले प्रहरीको टोली घटनास्थल पुगिनसकेकाले घटनाको थप विवरण आउन बाँकी रहेको डिएसपी चापागाईँले बताउनुभयो ।

कार्यपालिका सदस्य गिरीका अनुसार मृतकका श्रीमान अशोक थापा अर्की श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । श्रीमान् अर्की श्रीमती लिएर दिल्ली गएपछि निर्मला गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button