तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा जीप दुर्घटना हुँदा ११ जना घाइते

अछाम । अछाममा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

मध्य पहाडी सडकखण्ड अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका मटेनामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

जिल्लाको चौरपाटी गाउँपालिकाबाट मंगलसैन जाँदै गरेको सु प प्र ०१००१ ज १२३८ नम्बरको जिप अनियन्त्रित भएर दिउँसो ३ बजे दुर्घटना परेको हो ।

तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर नालीमा खसेको थियो ।

घाइते भएका सबैलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको छ। मंगलसैनमा जारी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button