तपाईँ सुन्दै हुनुहुन्छः

राज्यले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा काम गर्नुपर्छ : प्रदेश प्रमुख खापुङ

उदयपुर । कोशी प्रदेशका प्रदेशका प्रमुख परशुराम खापुङले राज्यले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा काम गर्नुपर्ने बताउनुभएको छ ।

उदयपुरको पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन गर्न उदयपुर आइपुग्नुभएका प्रदेश प्रमुख खापुङले आज चौदण्डीगढी नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा राज्यले अबको दिनमा शिक्षा, स्वास्थ्य र पर्यटनको विकासका क्षेत्रमा लगानी गर्नुपर्ने भन्नुहुँदै राज्यमा भएका सम्पदाहरूलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हो भने देश समृद्ध बन्न समय नलाग्ने बताउनुभयो ।

प्रदेश प्रमुख खापुङले राज्यले पर्यटकीय क्षेत्रमा लगानी गरोस् भन्ने उद्देश्यसहित आफु उदयपुरका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन गर्न आएको बताउनुभयो । उहाँले आफु बजेट विनियोजन गरेर काम गराउने ठाउँमा नभएको भए पनि हुलाकीको भने काम गर्ने उल्लेख गर्नुहुँदै स्थानीय तहका समस्या र प्रदेश भित्रका सम्भावित पर्यटकीय क्षेत्रको बारेमा प्रदेश सरकारलाई आफूले जनाकारी गराउने बताउनुभयो ।

प्रदेश प्रमुख खापुङलाई आज चौदण्डीगढी नगरपालिकाले भव्य स्वागत गरेको छ । स्वागत कार्यक्रममा नगरप्रमुख कालुमान लामाले प्रमुख खापुङको स्वागत गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख लामाले प्रदेश प्रमुखलाई पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदाको पुनः निर्माण र सेन वंशी राजाहरूले राज्य गरेको ऐतिहासिक चौदण्डीगढीमा पर्यटन प्रवर्द्धनका सम्पदा निर्माणका लागि तयार गरिएको ६ करोड ५० लाख बराबरको डिपीआरसहित ध्यानाकर्षण पत्र बुझाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button