तपाईँ सुन्दै हुनुहुन्छः

सुशासनका लागि गठबन्धन : काँग्रेस प्रवक्ता महत

जनकपुरधाम । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा राजनीतिक स्थिरता तथा सुशासनका लागि दुई ठूला दलहरूको सरकार बनेको बताउनुभएको छ ।
नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालय बिपी भवनमा आयोजित पत्रकार भेटघाटमा सैद्धान्तिक रुपमा दुई ठूला दल एक ठाउँमा बस्न उपयुक्त नभए पनि देश र जनताका लागि मिल्नुको कुनै विकल्प नभएको बताउनुभयो ।
उहाँले पार्टीका सभापति शेर बहादुर देउवामा रहेको संयोजनकारी भूमिका अतुलनीय रहनुका साथै र थोरै तथा विषय वस्तुमा केन्द्रित भएर बोल्ने बानीका कारण पार्टीभित्र सैद्धान्तिक रुपमा कुनै विवाद नभएको र पार्टी ठिक ढङ्गले चलेको दाबी गर्नुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका महतले दुई ठूला दलबीच भएको ७ बुँदे समझदारीमा जनताको अधिकार कटौती गर्ने विषयमा कुनै सहमति नभई जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउने कुरा उल्लेख भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, नेपाली काँग्रेस महोत्तरीका सभापति नागेन्द्र प्रसाद यादव, पुराना नेता शिवधारी यादव, जिउँदो सहिद ललन चौधरी, युवा नेता प्रवेश चौधरी, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा सहितका नेताहरू उपस्थित रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button