तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृतिमा विकृति भित्रिन थालेकोमा मुख्यमन्त्री आचार्यको चिन्ता

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला र संस्कृतिमा विकृति भित्रिन थालेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो समय तीज पर्वमा देखिन थालेको विकृति र विसङ्गतिलाई रोक्नु सबैको जिम्मेवारी रहेको बताउँदै उहाँले मौलिक संस्कृतिको संरक्षण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका, देउखुरीमा तीज पर्वको अवसरमा बुधवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीज पर्वलाई भड्किलो बनाउन खोजिएको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो। उहाँले मौलिकता जोगाउँदै पर्व मनाउन सबैलाई आग्रह गर्नुभयो।
शुभकामना आदान प्रदान कार्यक्रममा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुख सचिव महादेव पन्थ, मन्त्रालयका सचिव लगायत कर्मचारीहरूको सहभागिता थियो। यसै अवसरमा, लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button