तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पोलिटब्युरो बैठक जारी 

काठमाडौँ । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक आज पनि जारी छ ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा हिजोबाट सुरु भएको बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्य योजनाका विषयमा छलफल भइरहेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
मङ्गलवार बैठकमा महासचिव शङ्कर पोखरेलले प्रस्ताव गर्नुभएको २३ पेज लामो कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्नुहुनेछ ।
कार्य योजनामाथि राय राख्न नेताहरूलाई तीन मिनेटको समय छुट्याइएको छ । त्यो भन्दा बढी धारणा राख्न चाहने सदस्यहरूलाई लिखित रूपमा सुझाव दिन निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button