तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक : अध्यक्ष यादव

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टीको प्रदेश स्तरीय आधारभूत सङ्गठन निर्माण अभियानलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै जाती र समुदायको स्वामित्व ग्रहण हुने बनाउन संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अहिलेको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष यादवले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा त्रुटि भए त्यसलाई सच्याएर सङ्घीयता कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले मुलुकमा प्रजातन्त्र पुनर्स्थापना भएको ३५ वर्ष बितिसक्दा पनि मुलुकले गति लिन नसकेको बताउनुभयो ।
पार्टीका सह–अध्यक्ष रकम चेमजोङले पार्टीलाई अब नयाँ ढंगले अघि बढाउँदै पार्टीको पक्षमा नयाँ जनमत तयार गर्ने अभियानमा आफूहरू लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button