तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया जिल्ला पर्यटनको हब बन्छ : मुख्यमन्त्री आचार्य

बाँके । बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा महत्व बढाउँदै गएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको र बाघ, हात्ती, गैँडा लगायतका दुर्लभ वन्यजन्तुहरूको अवलोकनका लागि बर्दिया राष्ट्रिय र अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताउनुभयो।
मुख्यमन्त्री आचार्यले बर्दियालाई विश्वभर ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने र धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्ने बताउनुभयो। बर्दियाको पवित्र तीर्थस्थल ठाकुर बाबा मन्दिरको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले बर्दियालाई पर्यटन सर्किटमा जोड्न र लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याएर धेरै समय बस्ने गरी प्याकेज बनाउने योजना रहेको जानकारी दिनुभयो।
मुख्यमन्त्री आचार्यले बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै चालू आर्थिक वर्षमा बर्दिया जिल्लामा एक अर्बभन्दा बढी बजेट विनियोजन गरिएको र रैथाने कृषि बाली प्रवर्द्धनमा समेत प्राथमिकता दिइएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button