तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकमा विकास र समृद्धि हासिल गर्नका लागी वर्तमान सरकार गठन भएको हो: गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले स्थिर सरकारका माध्यमबाट मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्नका लागी वर्तमान सरकार गठन भएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले राजनैतिक स्थायित्व (स्थिर सरकार र स्थिर समीकरण)का लागी  नेपाली काँग्रेस र नेकपा एमालेका बिच सत्ता गठबन्धन भएको  बताउनुभयो ।
उहाँले नयाँ सरकार गठन भएपछि मुलुकमा अर्थतन्त्र चलायमान भएर विकास लगायतका क्षेत्रमा राम्रो काम हुँदै गएको बताउनु भयो । गृहमन्त्री लेखकले समानुपातिक, समावेशीता लगायत संविधान रहेका व्यवस्थालाई थप मजवुद एवं सुदृढ बनाउन संविधान संशोधन हुने र त्यसका लागि सबै दलसँग संवाद, छलफल गरि अघि बढ्ने बताउनु भयो ।
पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा कानुन बमोजिम हुने बताउनु भयो । उहाँले संविधान संशोधनका लागि आयोग गठन गरिने बताउनु भयो ।
मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा काँग्रेस र एमाले मिलेर अघि बढेको स्मरण गर्नुहुँदै गृहमन्त्री लेखकले अहिलेको विशिष्ट परिस्थितिमा प्रमुख दल मिलेर सरकार गठन हुनु स्वभाविक भएको बताउनु भयाे । काठमाडौँबाट गृह क्षेत्र आईपुग्नु भएका गृहमन्त्री लेखक आज र भोलि कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुने बत्ताइएको छ । विमानस्थलमा गृहमन्त्री लेखकलाई प्रदेश सरकारका मन्त्री, सुरक्षा अधिकारी लगायतले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button