तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश : मन्त्री मनाङेको राजीनामा स्वीकृत

कास्की । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले राजीनामा दिनुभएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद्मा हेरफेर र विस्तार गर्नुभएको थियो । त्यस क्रममा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा र मनाङेलाई वन तथा वातावरण मन्त्रालय परेको थियो ।
पाण्डेले एमालेलाई पनि सरकारमा सामेल गर्दै मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो । तर, मनाङेले भने असन्तुष्टि जनाउँदै सोमबारै मुख्यमन्त्रीलाई राजीनामा बुझाउनुभएको छ । उहाँको राजीनामा मुख्यमन्त्री पाण्डेले स्वीकृत गरेको मुख्य मन्त्रीका प्रेस संयोजक नरहरी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button