तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश: नेकपा एमालेबाट ४ मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेको तर्फबाट ४ जना मन्त्रीहरू नियुक्त हुनु भएको छ । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (एमाले) तर्फबाट  ४ जना मन्त्री नियुक्त गर्नु भएको हो ।
कास्कीका प्रकाश केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल मन्त्रीमा नियुक्त हुनु भएको हो । पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारमा एमालेको नेतृत्व भने पद्मा जिसीले गर्नुहुने भएको हो । पद्मालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसै गरी केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पाठकलाई स्वास्थ्य मन्त्रालय र बस्याललाई भने उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो । उहाँकाहरुको आज नै सपथ ग्रहण गर्ने कार्यक्रम तयार गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
यसअघि भौतिक पूर्वाधारमन्त्री रहनु भएको स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । आइतबार मात्र मुख्यमन्त्री पाण्डेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर ९पुर्याएको बताउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button