तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज शहरमा छाडा चौपायाको लर्को, स्थानीय सरकारलाई थपियो चुनौती

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मुख्य सडक तथा चोकहरूमा घोडा, खच्चड, गाईवस्तु लगायत छाडा चौपायाको बिगबिगी बढ्दै गएको छ । सडकमा छाडा घोडा, खच्चड र गाईबस्तुका कारण सवारी आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटना बढ्न थालेका छन् ।
सहरको मुख्य चोकहरू त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक,गणेशमान चोक र फुल्टेक्रा लगायत सुर्खेतरोड र सदरलाइनमा छाडा घोडा, खच्चड र गाईगोरु बाक्लो सङ्ख्यामा भेटिने गरेका छन् । यी क्षेत्रमा सवारी दुर्घटनाको जोखिमसँगै सर्वसाधारणलाई सडक किनारमा हिँड्न तथा सडकमा सवारी चलाउन निकै समस्या हुने गरेको नागरिक अगुवा मिन बहादुर मल्लले बताउनु भयो । उहाँले भन्नुभयो, नेपालगञ्ज नगरको सडकमा भेटिने गाईले दूध दिन्छन् कि दिन्नन् दूध दिने भए पाल्ने निधो गरेको छु ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले छाडा चौपायाले दिउँसो र राति सवारी दुर्घटना बढाउने समस्या बढ्दै गएकोले छाडा चौपायाको व्यवस्थापनमा सरोकारवालाको साथ आवश्यक रहेको जिकिर गर्नुभयो ।
नेपालगन्जमा छाडा चौपाया राख्नका लागि कान्जीहाउस सञ्चालनमा रहे पनि उचित प्रयोग हुन सकेको छैन । यसअघि उपमहानगरपालिकाको संयोजनमा भएका थुप्रै सेमिनार, बैठकमा छाडा पशु चौपायाको व्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिक र दीर्घकालीन योजना बनाउनु पर्ने सहमति गरे पनि अहिलेपनि यी निर्णयहरू कार्यान्वयनमा आउन सकेका छैनन् ।
जसले नेपालगन्जमा यतिबेला पनि सडकैभरि पशुचौपायाको भिडभाड देखिँदै आएको छ । यसको व्यवस्थापनमा कसैको चासो गएको छैन । नेपालगन्जमा काञ्जी हाउस भएपनि यसको उचित प्रयोग नियमित हुन सकेको देखिँदैन ।
यहाँका पशु चौपायालाई अन्यत्र जिल्लाका गौशालामा पठाउने र बाँकेमा ठुलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने यसअघिका बैठकमा निर्णय भैसकेको छ । यद्यपि यस विषयमा पनि मेयर प्रशान्त बिष्ट र प्रजिअ खगेन्द्र रिजाल मौन देखिएका छन् ।
यबितेला पनि नेपालगन्जको व्यस्त सडक त्रिभुवनचौक, न्यूरोड, सुर्खेतरोड, भेरी अस्पताल रोड लगायतका क्षेत्रमा चौपाया, खच्चडको भीड उत्तिकै देखिएको छ । पशु चौपायाले सडक नै भरिभराउ देखिएका छन् । यसले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपेको छ ।
भने पशु चौपायाको दिशा पिसाबले बजार दुर्गन्धित बनिरहेको छ । यसको व्यवस्थापन गर्ने जिम्मेवारी उपमहानगरपालिकाका होइन र ? कसले गर्छ पशुचौपाया व्यवस्थापन र सडक सरसफाई ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button