तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो 

जुम्ला । चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण गत भदौ १२ गतेदेखी अवरुद्ध कर्णाली राजमार्ग आइतबार दिउँसो साढे २ बजेदेखि खुलेको हो ।
गगने खोला र दहिखोलाको पहिरो पन्छाएसँगै सडक खुलेको हो । सडक खुलेपछि ताडीमा रोकिएका स्याउ बोकेका ट्रकलाई पहिलो प्राथमिकता दिएर पठाइएको छ ।
आइतबार बिहान कालिकोटका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेअनुसार सडक खुल्ने बित्तिकै स्याउ बोकेका ट्रकलाई पहिला पठाइएको किसान बल बहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ताडीमा रोकिएका सबै गाडी अगाडि गइसकेका छन् ।
सडक खुल्न ढिला हुने सबै स्याउ कुहिएर खेर जाने चिन्तामा किसान थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button