तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान सरकार असंवैधानिक भएको प्रचण्डको आरोप

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”ले वर्तमान सरकार संवैधानिक नभएको आरोप लगाउनुभएको छ ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार विश्वासको मत लिन असफल भए पछि सिधै ३ मा जानु पर्नेमा संविधान मिचेर वर्तमान सरकारले असंवैधानिक तवरले सरकार गठन गरेको अध्यक्ष प्रचण्डले टिप्पणी गर्नुभयो ।
नेपालगन्जमा माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय परामर्श समिति बैठकमा सहभागी हुन नेपालगन्जमा आउनु भएका अध्यक्ष प्रचण्डले बैठक सुरु हुनु पूर्व प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  सरकारका विरुद्धमा सडकबाट शान्तिपूर्ण तरिकाले प्रतिकार गर्नका लागि प्रदेश स्तरीय परामर्श बैठकको आयोजना गरी छलफल सुरु गरेको बताउनुभयो ।
अर्को प्रसङ्गमा प्रचण्डले पार्टीको नेतृत्व परिवर्तन गर्ने कुरामा आफू गम्भीर रहेको बताउँदै भन्नुभयो,“३५/३६ वर्ष देखि पार्टीको नेतृत्व गर्दै आएको भएर मैले नै अब पनि नेतृत्व गरीराख्नु पर्छ भन्ने छैन तर तत्कालै नेतृत्व छोड्न नहुने पार्टी र जनताबाट दबाब आइरहेकोले तत्काल नेतृत्व नछोड्ने बताउनु भयो ।” उहाँले पार्टीमा सिस्टम र उत्तराधिकारी तयार गरेर बिस्तारै पुस्ता हस्तान्तरण गर्ने जिकिर गर्नु भयो ।
आईतबारदेखी नेपालगन्जमा हुने २ दिने लुम्बिनी प्रदेश परामर्श समितिको बैठकमा सहभागी हुन शनिबार नेपालगन्ज आईपुग्नुभएका प्रचण्डले पार्टी बलियो बनाउन जनताका माझ आएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button