तपाईँ सुन्दै हुनुहुन्छः

दुई बालिका मृत अवस्थामा फेला 

सुनसरी । मोरङको सुन्दरहरैँचामा दुई नबालिका मृत अवस्थामा फेला परेका छन् ।
सुन्दरहरैँचा नगरपालिका–७ मा स्थानीय नारायण न्यौपानेको केरा बगान भित्र दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।
मृतक नाबालिकाहरु धनकुटा निवासी ३१ बर्षीय अर्जुन कार्कीका छोरीहरू रहेको मोरङ प्रहरीले जनाएको छ । ३ बर्षीया आयिका कार्की र १ बर्षीया अपर्णा कार्कीको मृत शव शनिबार बेलुका फेला परेको हो ।
प्रहरीका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको मोरङ प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान अगाडी बढाएको मोरङ प्रहरीले बताएको छ ।
अर्जुन कार्कीको स्थायी घर धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे हो ।  अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button