तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ‘इन्टर मेडिकल कलेज खेलकुद’ प्रतियोगिता हुँदै

जुम्ला । जुम्लामा पहिलो पटक इन्टर मेडिकल कलेज खेलकुद प्रतियोगिता हुने भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा आगामी भदौ १६ गतेदेखि २१ गतेसम्म इन्टर मेडिकल कलेज खेलकुद प्रतियोगिता हुने भएको हो ।
प्रतिष्ठानको खेलकुद समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतिष्ठान स्थापनाको इतिहासमै पहिलो पटक इन्टर कलेज खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिइयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, यहाँको कृषि, पर्यटन सम्भावनालाई देशमा चिनाउन उद्देश्यले खेलकुद प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका खेलकुद समितिका संयोजक डाक्टर विवेक पुनले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुन देशभरका २७ वटा मेडिकल कलेजलाई पत्राचार गरिएको थियो । जसमा पाँच वटा मेडिकल कलेजले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा, राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा मकवानपुर, किस्ट मेडिकल कलेज, ललितपुर र महाराजगन्ज चिकित्सा क्याम्पस, चिकित्साशात्र अध्ययन संस्थान, महारजगञ्ज, काठमाडौँ सहभागी हुने छन् ।
खेलकुद कार्यक्रममा आठ विद्याका खेलहरू समाहित गरिएका छन् । जसमा महिला पुरुष भलिबल, फुटबल, कुङ्केट, टेबल टेनिस, चेस, दौड, कविता र हाजिरी जवाफ प्रतियोगिता रहेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार मेडल प्रमाण पत्र प्रदान गरिने छ । यद्यपि, हालसम्म भइरहेका इन्टर मेडिकल कलेज खेलकुद प्रतियोगितामा पुरस्कार दिने प्रावधान छैन ।
तर धेरै टाढाबाट आएर खेलबाट कर्णाली चिनाउने अभियानलाई सफल बनाउन जुम्ला पुगेका टिममध्ये उत्कृष्टलाई प्रोत्साहनस्वरुप नगदसहित पुरस्कार दिने तयारी गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button