तपाईँ सुन्दै हुनुहुन्छः

कोइला मेसिनमा परि सिमेन्ट उद्योगमा काम गर्ने मजदुरको मृत्यु

पाल्पा । पाल्पाको रैनादेबी छहरा गाउँपालिका–२ सर्देवामा रहेको सिजी सिमेन्ट उद्योगमा कोइला पिस्ने मेसिनमा परि एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ६ का ४६ बर्षिया दिनेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उद्योगभित्र रहेको कोइला पिस्ने मेसिन बन्द गरि मेसिन भित्र कोइला सफा गर्ने क्रममा अचानक मेसिन चल्दा शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

आज मृतकका आफन्त, प्रहरीले प्रारम्भिक अनुसन्धान गरि शवको पोष्टमार्टमका लागि पाल्पा जिल्ला अस्पताल लगिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button