तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा नौ प्रकारका कोदोको परीक्षण सुरु

बाँके । बाँकेको चिसापानीको गाभरस्थित सामुदायिक जिन बैङ्कमा नौ प्रकारका कोदोको परीक्षण सुरु गरिएको छ। यो परीक्षण हो।

राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाको नेतृत्वमा स्थानीयको साझेदारीमा सुरु गरिएको कार्यक्रम अन्तर्गत रैथाने बालीको संरक्षण गर्ने उद्देश्यसहित सुख्खा ठाउँमा पनि उब्जनी दिनसक्ने कोदोको बिउको परिक्षण गरिएको छ।

परीक्षण गरिएका नौ प्रकारका कोदो मध्ये पाँच वटा स्थानीय जिन बैङ्कको, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)द्वारा विकास गरिएको, र बाँकी दुई वटा स्थानीय जातको रहेका छन् ।

प्राविधिक थापाका अनुसार, कोदोको प्रतिफल मङ्सिरसम्म आउने अपेक्षा छ र यदि परिणाम सकारात्मक भएमा कोदो खेतीलाई व्यावसायिक स्तरमा विस्तार गर्ने योजना रहेको छ। चिसापानीको गाभरमा स्थापित सामुदायिक जिन बैंकले सुख्खा क्षेत्रमा कोदो खेतीबाट आय आर्जन गर्ने सम्भावना बढाउने आशा गरिएको छ।

सामुदायिक जिन बैङ्क स्थापना भएसँगै, यस क्षेत्रका किसानहरूमा उत्साह बढेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button