तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक विपत्तिले पुर्याएको क्षतिबारे सांसदद्धारा सरकारको ध्यानकर्षण,घाइतेहरूको निःशुल्क उपचार गर्न माग  

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढी, पहिरो, चट्याङलगायतका प्राकृतिक विपत्तिले पुर्याएको क्षतिका विषयमा ध्यानाकर्षण गराउँदै घाइतेहरूको निःशुल्क उपचारका लागि सरकारसँग माग गर्नुभएको छ ।

बैठकमा सांसदहरुले दैलेखमा चट्याङबाट एकजनाको मृत्यु र अन्य केही घाइते भएको भन्दै घाइतेहरूको निःशुल्क उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले नेपाल एयरलाइन्सका जहाजहरू ग्राउन्डेड भएको विषयमा जानकारी गराउँदै नेपाली ध्वजावाहक जहाज उड्न नसक्दा दैनिक कराडौं नोक्सानी बेहोर्नुपरेको बताउनुभयो ।

सांसदहरुले चाड पर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा देखिएको चर्को मूल्य वृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसदहरुले मुलुकका विभिन्न स्थानमा बाढी, पहिरोले पुर्याईरहेको क्षति न्युनिकरण, अवरुद्ध सडक पुनर्निर्माण गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button