तपाईँ सुन्दै हुनुहुन्छः

समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई सरकारले कार्यान्वयन गरिनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  

सभाको विशेष समयमा सांसदहरुले तीजका नाममा सामाजिक र सांस्कृतिक परम्परा विस्थापित गर्ने गरी देखिएको उच्शृंखल क्रियाकलापमा सरकारले रोक लगाउनुपर्ने, सीप र श्रम भएका दलित समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनुपर्ने र संविधानले व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई सरकारले कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । 

युवा धेरै भएका ठाउँमा समृद्धि हुने हुँदा युवालाई रोजगारी दिएर नेपालमै बस्ने वातावरण बनाउनु युवा नीति कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै सांसदहरुले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरण कम गर्न पूर्व तयारीका लागि भू–गर्भविदहरुबाट भौगोलिक परिक्षण र माटोको अध्ययन गराउन सरकारलाई आग्रह गर्नुभयो । 

ट्रायल पास नगरीकनै जथाभाबी सवारी चालक अनुमति पत्र वितरण गरिँदा सडक दुर्घटना बढेको भन्दै सांसदहरुले  सवारी चालक अनुमति पत्र वितरणलाई  कडाइ गरिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button