तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक स्थायित्वका लागि काँग्रेस एमाले गठबन्धन 

धनगढी । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले राजनैतिक स्थायित्वका लागि प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठन भएको बताउनु भएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको दिगो विकास र सुशासन कायम गर्नका लागि सरकार अघि बढिरहेको बताउनुभयो । मन्त्री राणाले जनताका चाहाना, आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको बताउनुभयो । 

मन्त्री राणाले मित्रराष्ट्र भारतको भ्रमण फलदायी रहेको उल्लेख गर्दै त्यस क्रममा गौरीफन्टा नाकाको स्तरोन्नति, फाप्ला क्रिकेट मैदान, पक्की पुल निर्माण लगायत विकासका आयोजनाबारे कुराकानी गरेको बताउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री राणाले आफू प्रधानमन्त्रीको रेसमा छैन, भन्नुहुँदै दुई बर्ष पछि काँग्रेस सभापति एवं संसदीय दलका नेता शेर बहादुर देउवा (उहाँ) नै प्रधानमन्त्री हुने समझदारी बनेको र वर्तमान सत्ता गठबन्धन पूरै अवधि  (८४ साल सम्म) रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button