तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रदेश खेलकुद विकास बोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाडौंमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी प्रदेशका महिला खेलाडीलाई आज मुख्यमन्त्री कार्यालयमा आयोजित बिदाइ एवं शुभकामना कार्यक्रममा उहाँले सरकारले सीमित स्रोत साधनका बादजुत प्रशिक्षक, स्तरीय खेल मैदानको उपलब्ध गराएर अन्य प्रदेशभन्दा कोशी प्रदेशलाई खेल क्षेत्रमा प्रथम स्थानमा पुर्‍याउने बताउनुभयो ।

उहाँले खेलाडीहरूलाई खेलकुद सामाग्री एवं नगद प्रदान गर्नुहुँदै खेलकुदको विकासका लागि आवश्यक कानुन र नीतिगत व्यवस्था गर्दै बोर्डलाई थप बलियो बनाउने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशले सुपर लीगमा प्रथम स्थान हासिल गरेमा प्रत्येक खेलाडी, प्रशिक्षकलाई न्यूनतम रु एक ÷एक लाख नगद प्रोत्साहन दिने घोषणा गर्दै कोशी प्रदेशका खेलाडीले प्रतियोगितामा सहजै विजयी प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेलाडी भनेको प्रदेशको पहिचान भएकाले कोशी प्रदेशको नामलाई उच्च राख्ने गरि खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

प्रदेश सभा सदस्य विजय राई र प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेत तथा किशोर राईले सुपर लिगमा अत्यन्त मेहनतका साथ प्रतिस्पर्धा गरी विजय हासिल गर्न शुभकामना दिनुभयो ।

लिगमा भाग लिने २५ खेलाडी र ६ जना प्रशिक्षक र अफिसियल गरी ३१ जनाको टोली आज काठमाडौँ प्रस्थान गर्न लागेका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button