तपाईँ सुन्दै हुनुहुन्छः

घरमा भेटिएको चितुवाको उद्धार

गोरखा । आरुघाट गाउँपालिका–७ चुरुङ स्थित मनबहादुर बरामको घरमा भेटिएको चितुवाको बच्चाको उद्धार गरिएको छ ।

एक बर्ष नपुगेको उक्त चितुवाको बच्चालाई उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

घरभित्र पसेपछि हामीलाई खबर आए लगतै सब डिभिजन वन कार्यालय घ्याम्पेशालको टोली गएर उद्धार गरेर ल्याएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताउनुभयो । 

उद्धार गरेर ल्याइएको उक्त चितुवाको बच्चालाई आज गोरखा नगरपालिकाको उपयुक्त वासस्थानमा छाडिएको पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button