तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर बालकको मृत्यु 

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १३ बरुवा बसपार्क नजिक सात बर्षिया बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

खोटाङ जिल्ला खोटेहाङ्ग गाउँपालिका वडा नम्बर-५ स्थायी घर भएका रबिन राईको छोरा ७ बर्षिया रिचेस राईको त्रियुगा नगरपालिका -१३ बरुवा बसपार्क पश्चिममा रहेको सार्वजनिक जमिनको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक चापागाईंका अनुसार त्रियुगा नगरपालिका ११ मा रविन राई कोठा भाडामा लिएर बस्दै आएका थिए । मृतक रिचेस एक मात्र छोरा रहेको समेत बताइएको छ । मृतक बालकका बुवा रबिन राई पनि केही महिना अघि आफैँले चलाएको टेम्पो दुर्घटनामा परि घाइते रहेको बुझिएको छ । 

मृतक बालक सहित तीन जना बालकहरू पोखरीमा नुहाउन गएको बेला रिचेसको भने डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button