तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर १जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ ।

घरछेउमा रहेको गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा मङ्गलवार बिहान करेन्ट लाग्दा घोराही उपमहानगरपालिका–१२ डाडागाउँका ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । गोठको छानामा फलेको लौका टिप्नका लागि चढेको समयमा नजिकै रहेको सप्लाई तारले छुँदा करेन्ट लागेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button