तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा मन्त्रालयको सङ्ख्या थपिँदैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको सङ्ख्या नबढाउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताउनुभयो ।

काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेश स्तरमा काँग्रेसका नेताहरूसँग पनि मन्त्रालय नफुटाउने विषयमा कुराकानी भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो –‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिन्छ ।’ मुख्यमन्त्री कार्कीले एक/दुई दिनभित्रमा मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिनुभयो । मन्त्रालय नबढाउने विषयमा दुवै पार्टी सहमत भइसकेको उहाँले बताउनुभयो ।

काँग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले भदौ–१२ गतेसम्म कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button